पर्सा प्रहरीले अवैध हुण्डीको कारोवारमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ परेका छन्। गएराति वीरगन्ज घडिअर्वाका मदन रुन्चे भन्ने मदन गुप्तालाई अवैध हुण्डीको कारोवारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो।
वीरगन्जका कुख्यात तस्करको रुपमा चर्चित तथा अवैध हुण्डीको कारोवार गर्दै आएकाले गुप्तालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। विगत लामो समयदेखि प्रहरीको खोजि सूचिमा रहेको गुप्ताविरुद्द प्रमाण फेला नपरेको हुदाँ पक्राउ गर्नमा ढिलाई भएको पर्सा प्रहरीका प्रवक्ता एवम डिएसपी विरेन्द्र शाहीले बताए।
पक्राउ परेका गुप्तालाई अहिले पर्सा प्रहरीले हिरासतमा राखी थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए।
यता घडिअर्वा घर भई बस्दै आएका गुप्ता भारतीय नागरिक रहेको र २ वर्षअघि तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्मालाई दुव्र्यवहार गरेको आरोपमा ७ घण्टा प्रहरीको नियन्त्रणमा रहेर रिहा भएका थिए।