कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ। सो जहाज आगामी १५ तारिख अर्थात फागुन ३ गते चीन जान लागेको हो।
परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरुसमेत रहने गरी समिति गठन गरेको समितिले विमान पठाउन लागेको हो।
कोरोना भाइरसको उदगम थलो चीनको वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपालीहरु छन्।
उनीहरुले आफूहरुको छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन्। करिब १८० जना नेपालीहरुलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने छ।