कोरोना भाइरस प्रकाेप: चिनियाँ नयाँ वर्षदेखि बिदामा बसेकाहरू काममा फर्किदै

कोरोना भाइरसको संक्रमणको खतराका कारण चिनियाँ नयाँ वर्षदेखि नै बिदामा बसेका मानिसहरू बिस्तारै काममा फर्किने तयारी गर्दैछन्।

यद्यपि ठूलो सङ्ख्यामा कम्पनी र व्यापारहरू बन्द नै रहनेछन् र धेरै मानिसले घरबाटै काम गर्ने ठानिएको छ।

राजधानी बेइजिङलाई घेर्ने हुबे प्रान्तमा कम्तीमा मार्च १ तारिखसम्म विद्यालयहरू बन्द रहने सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

हुबे प्रान्तका धेरै ठाउँ अझै पनि बन्द नै छन्।
 
कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९१ जनाले ज्यान गुमाएका छन्। योसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९ सय ४ पुगेको छ। 

ज्यान गुमाउनेमध्ये ९ सय २ जनाको चीनमा, एक जनाको फिलिपिन्समा र एक जनाको हङकङमा ज्यान गएको बीबीसीले जनाएको छ। 

यस्तै पछिल्लो २४ घण्टामा मात्र २ हजार ६ सय १८ जनामा संक्रमण पुष्टी भएको हो। हाल्सम्म २९ हजार ६ सय ३१ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ।

प्रकाशित मिति: : 2020-02-10 21:53:22

प्रतिकृया दिनुहोस्