नेपाल तरुण दल बारा जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यलयलाई ज्ञापन पत्र बुझाएको छ।
तरुण दल बाराको अध्यक्ष लोकेश सिंहको अध्यक्षतामा गएको टोलीले बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो ।
केहि दिन अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार स्थित ललिता निवासको १३६ रोपनी सरकारी जगा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति बिजय कुमार गच्छदारलाई राजनीतिक प्रतिशोध राखी बदनियतापूर्ण ढंगले लगाइएको भ्रष्टाचारको आरोपप्रति बिरोध जनाउदै तरुण दलले ज्ञापन पत्र बुझाएको बाराका एक नेताले जनाए।
तत्कालीन प्रधानमन्त्री माधव नेपाल र बिष्णु पौडेललाई कम्युनिस्टको छायाँ भित्र राखी राजनीतिक र सताको गलत प्रयोग गरेको भन्दै अध्यक्ष सिंहले आरोप लगाए।
तत्कालीन प्रधानमन्त्री माधव नेपाल र नेता बिष्णु पौडेललाई कानुनी कट्घरा भित्र नल्याए तरुण दलबारा शशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी अध्यक्ष सिंहले दिए।
तरुण दल बाराका अध्यक्ष लोकेश सिंहको नेतृत्वमा गएको टोलिमा पूर्व मन्त्री कलावावती पासवान, नेपाली कांग्रेस पार्टी सचिव हरिन्द्र यादव, निजगड नगर अध्यक्ष महेशवर चौधरी, क्षेत्र न. ४ का क्षत्रिय सभापति राज किशोर गुप्ता, ट्रेड यूनियन सह-सचिब प्रमोद सिंह, र विधार्थी नेताहरु लगाएतको सहभागिता थियो।