शनिबार, १२ जुलाई २०२५

प्रसौनीका छात्रालाई साइकल वितरण, उत्कृष्ट हुनेले पाए नगद

बिएल संवाददाता

बिएल संवाददाता

बारा
2020-02-10 06:54:22
News Image
• • •

बाराको प्रसौनी गाउँपालिकाले छात्राहरुलाई साइकल वितरण गरेको छ।

पालिकाद्वारा आइतबार आयोजित कार्यक्रममा पालिका भित्रका सम्पूर्ण विद्यालयका कक्षा ८ मा अध्यनरत छात्राहरुलाई साइकल वितरण गरेको हो।

कार्यक्रमका प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले १२५ जना छात्रालाई साइकल वितरण गरे।

कार्यक्रममा २०७५ सालको एसइइ परीक्षामा पालिकाबाट सहभागी विद्यार्थीमध्ये उत्कृष्ट अंक प्राप्त गर्ने ५  छात्र र ५ छात्राले जनही २५ हजारका दरले नगद पुरस्कार पनि वितरण गरिएको थियो। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?