शनिबार, १२ जुलाई २०२५

मुलुकको आर्थिक विकासमा पर्यटन क्षेत्र : मुख्यमन्त्री राई

बिएल संवाददाता

बिएल संवाददाता

भद्रपुर
2020-02-10 02:00:59
News Image
• • •

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको आर्थिक विकासको मेरुदण्डका रुपमा पर्यटन क्षेत्र रहेको बताएका छन्।

आइतबार काँकडभिट्टामा खुलेको हिकोला हेरटेज होटलको उद्घाटन गर्दै उनले पर्यटन क्षेत्रले योगदान दिएको बताएका हुन्।

प्रदेश न १ ले पर्यटन भित्र्याउने लक्ष्य राखेको उनले बताए। 'नेपाल भ्रमण वर्ष २०२० मा प्रदेशले पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ' उनले भने।

उक्त होटलमा रु पाँच करोड लगानी भएको, सुविधासम्पन्न २१ कोठा र २०० मानिस अट्ने क्षमताका दुई सभाहल रहेको होटल सञ्चालक देवीभक्त श्रेष्ठले जानकारी दिए। 

 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?