आयोवा डेमोक्रेटिक ककसको मतगणना जारी: स्याण्डर्समाथि बटिजज भारी

आयोवा डेमोक्रेटिक ककसमा अप्रत्यासित रूपमा मेयर बुटिजज अगाडि देखिएका छन्। ६२ प्रतिशत पिर्सिङ्ट रिपोर्टिङ हुँदा उनको पक्षमा २६.९ प्रतिशत मत रहेको देखिएको छ।

उनलाई पछ्याइरहेका सिनेटर बर्नी स्याण्डर्सले २५.१ प्रतिशत मत प्राप्त गरेर दोस्रो स्थानमा छन्। त्यसपछि सिनेटर एलिजावेथ वारेन १८.३ र पूर्वउपराष्ट्रपति जो बाइडेन १५.६ प्रतिशत मतका साथ क्रमश: तेस्रो र चौथो स्थानमा छन्। 

सिनेटर एमी क्लाउबचर १२.३ प्रतिशत मतका साथ पाँचौ स्थानमा छिन्। एन्ड्रयु याङले १.१ र स्टेयरले ०.३ प्रतिशत मत प्राप्त गरेका छन्। बाँकि उम्मेद्वारले प्रतिशतमा खाता खोल्ने गरी मत नै प्राप्त गर्न सकेका छैनन् ।

आयोवाको ८ काउन्टीमध्ये तीन काउन्टीमा बटिजजले अग्रता हासिल गरेका छन् भने अर्को एक काउन्टीमा बटीजज र क्लाउबुचरले बराबर मत हासिल गरेका छन्। यसैगरी स्याण्डर्स, बाइडेन र क्लाउबुचर एक एक काउन्टीमा अगाडि हुँदा अर्को एउटा काउन्टीमा भने बाइडेन र क्लाउबचरले बराबर मत हासिल गरेका छन्।

बटिजज इण्डियानाको एक सानो सहर साउथ बेन्डका मेयर हुन्। हार्भर्ड र अक्सफोर्डबाट शिक्षा लिएका उनी अमेरिकी भेट्रन हुन्। समलिंगी मेयर बटिजज श्रीमतीको भूमिकामा छन्।

संख्याको हिसावमा स्याण्डर्स २७ हजार ८८ मतका साथ अगाडि छन् । उनलाई पछ्याइरहेका बटिजजले २३ हजार ६ सय ६६ मत हासिल गरेका छन्। 

प्राविधिक समस्या आएपछि सोमबार मतगणना नै भएन। मंगलबार अपरान्ह सुरू भएको मतगणना अहिले पनि जारी छ। 

समयमै मतगणना नभएकोमा आयोवामा एक किसिमको रोश र सन्नाटा छाएको थियो। अनेकौ प्रश्न उठेका थिए। तर, अहिले भने शंकाको बादल क्रमश: पातलिदै गएको छ। जनजीवन सामान्य हुँदै गएको छ। 

साँघुरै भए पनि  मेयर बटिजजले हासिल गरेको यो अग्रतालाई लिएर यहाँ अनेकौ कोणबाट प्रश्न उठेका छन्। केहीले उनी युवा भएकाले पहिलो छनौटमा परेको बताएका छन् भने केहीले अमेरिकामा यौनिकता अब टकिङ पोइन्टबाट किनारा लाग्दै गएको बताएका छन् । 

बटिजज इण्डियानाको एक सानो सहर साउथ बेन्डका मेयर हुन्। हार्भर्ड र अक्सफोर्डबाट शिक्षा लिएका उनी अमेरिकी नेभीका लेफ्टिनेन्ट हुन्। उनी अफगानिस्तानमा अमेरिकी सेनाका रूपमा खटिएका थिए।  

बटिजज समलिंगी हुन् । सन्  २०१८ मा चासेन ग्लेजम्यानसँग विवाह गरेका उनी श्रीमतीको भूमिकामा छन्।

 

प्रकाशित मिति: : 2020-02-05 18:35:21

प्रतिकृया दिनुहोस्