बुद्ध एयरको पोखरा–विराटनगर सिधा उडान शुरु

बुद्ध एयरले पोखराबाट विराटनगरमा पनि सेवा शुरु गरेको छ। पोखरा–काठमाडौं, पोखरा–भैरहवा, पोखरा–भरतपुर सिधा हवाई सेवा दिँदै आएको बुद्ध एयरले पोखरा–विराटनगर सिधा हवाइ सेवा शुरु गरेको हो। 

सोमबार पोखराबाट १८ जना र विराटनगरबाट पनि १८ यात्रु लिएर पोखरा आएको बुद्ध एयर कम्पनी पोखराका स्टेशन म्यानेजर गौतम बरालले बताए। उनले अहिले हप्तामा तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान भर्ने बताए। माग बढ्दै गएमा जहाज र दैनिक उडान गर्ने बताए। 

नेपाल भ्रमण वर्षलाई लक्षित गरी बुद्ध एयरले पर्यटन प्रर्वद्धधन गर्न समेत पोखरादेखि विराटनगरलाई सिधा हवाई सेवा जोडेको बरालको भनाई छ।पोखरा बिराटनगरको हवाई यात्रा १ घण्टाको रहनेछ। 

उडान शुल्क नेपाली र भारतीलाई ६ हजार २ सय रुपैयाँ र विदेशीलाई १ सय ३० डलर लाग्ने छ। पोखराबाट ११ बजेर ४५ मिनेट र विराटनगरबाट १ बजेर १० मिनेटमा उड्ने उनले बताए।

प्रकाशित मिति: : 2020-02-04 19:26:56

प्रतिकृया दिनुहोस्