खाना पकाउने ग्यासकाे मूल्य बढ्याे

नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ।  निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको हो।

यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ३७५ रुपैयाँ पुगेको छ । यसैगरी निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको छ।

समायोजनसँगै पेट्रोलको मूल्य प्रतिलिटर १०९ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतितलिटर ९९ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत् नै राखेको छ।

भारतीय आयल निगमले प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै आएको छ। मूल्य समायोजनपछि भारतमा भन्दा नेपालमा इन्धन मूल्य सस्तो छ।

प्रकाशित मिति: : 2020-02-04 09:48:09

प्रतिकृया दिनुहोस्