सोतीका गोपी आलेले खच्चड खेदेर हिडेको २० वर्ष भयो । सुरुमा अरुको खच्चड गोठालो बस्नुभएका गोपी कालान्तरमा आफै मालिक बन्न पुग्नुभयो । अहिले उहाँ आरुघाट, धार्चे र चुमनुब्रीका विभिन्न ठाउँमा खच्चड मार्फत सामान ढुवानीको काम गर्नुहुन्छ ।
‘सुरुमा म काम गर्न लम्जुङ गएँ, केही वर्ष खच्चड धपाएँ’ उहाँले भन्नुभयो ‘ साहुले खोटाङको मान्छेलाई खच्चड बेचिदियो, त्यसपछि मेरो जीवनले अर्को मोड लियो गाउँ फर्के ।’