भारतीय कंग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धी अस्पताल भर्ना भएकी छिन्।
आइतबार साँझ ७ बजे स्वास्थ्यमा समस्या आएपछि उनलाई नयाँ दिल्लीस्थित गंगाराम अस्पतालमा भर्ना गरिएको हो।
अस्पतालले खासै चिन्ता गर्नु पर्ने स्थिति नभएको र केही सामान्य चेकजाँचपछि डिस्चार्ज गरिने जनाएको छ।
उनलाई इन्फेक्सनका कारण पेट दुख्ने समस्या भएको टाइम्स अफ इण्डियाले बताएको छ।