तान्जानियाको एक चर्चमा आकस्मिक भागाभाग हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ।
देशको उत्तरतर्फ रहेको चर्चमा शनिबारीय साप्ताहिक प्रार्थनाका लागि भेला भएका बेला एकाएक भागाभाग हुँदा भएको घटनामा परी उनीहरूको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन्।
आइतबार जिल्ला आयुक्त किप्पी वारीओबाले मोशी शहरमा भएको घटनामा भागाभाग हुँदा च्यापिएरकोले मृत्यु हुनेको संख्या अझै बढ्ने खतरा रहेको स्थानिय संचार माध्यमहरुले जनाएका छन्।
तान्जानियाका मन्त्रीसमेत रहेका चर्चित पादरी बोनिफाक म्वाम्पोसाले प्रार्थनाको नेतृत्व गरेका थिए । उनले आफूलाई ‘ईश्वर दूत’का रूपमा व्याख्या गरिरहेका बेला भागाभाग भएको प्रत्यक्षदर्शीले जनाएका छन्।