काेराेना भाइरस प्रकाेप : ३ सय ३० जना उपचारपछि निको भएर घर फर्किएको चीनकाे दाबी

कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ४ पुगेको छ। शनिबार वुहानमा मात्रै ४५ जनाको ज्यान जानुको साथै एक हजार ९ सय २१ जना नयाँ सङ्क्रमित भेटिएको चीनले आधिकारिक पुष्टि गरेको सञ्चारमाध्मयले जनाएका छन्। 

चीनले आफ्नो देशमा कोरोना सङ्क्रमितको सङ्ख्या १३ हजार पुगेको बताएको छ तर हङकङ विश्वविद्यालयले गरेको अध्ययनअनुसार हुबेईमा मात्र ७५ हजार सङ्क्रमित रहेको प्रतिवेदन शनिबार सार्वजनिक भएको थियो।

चिनियाँ अधिकारीहरुले ३ सय ३० जना उपचारपछि पूर्ण रुपमा निको भएर घर फर्किएको दाबी गरेका छन्। चीन सरकारले हुबेई प्रान्तलगायत सङ्क्रमण धेरै फैलिएको ठाउँमा जनवरी २४ मा यातायात तथा सार्वजनिक ठाउँमा भेला हुन नपाउने गरी लगाएको प्रतिबन्ध फेब्रुअरी १३ सम्मका लागि बढाएको । 

कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोक्ने उद्देश्यले विश्वका विभिन्न देशले चीनबाट आफ्नो देशमा मानिसहरूलाई भित्रिन नदिने गरी प्रतिबन्ध लगाएका छन्। 

रुस, जापान, पाकिस्तान र इटलीले यसअघि नै यात्रामा प्रतिबन्ध लगाइसकेका छन्। विश्वका धेरैजसो देशहरुले आफ्ना नाकामा स्वास्थ्य जाँच सुरु गरेका छन्। 

प्रकाशित मिति: : 2020-02-02 20:42:39

प्रतिकृया दिनुहोस्