भारतमा पाँच लाखसम्म आम्दानी गर्नेले कर तिर्नु नपर्ने

बिएल संवाददाता

नयाँ दिल्ली

भारतको केन्द्र सरकारले सन् २०२०/२१ का लागि बजेट सार्वजनिक गरेको छ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार ३०‍.४२ ट्रिलियन भारतीय रूपैँयाको वार्षिक वजेट सार्वजनिक गरेकी हुन्। 

सरकारले आफ्नो प्रतिवद्धता अनुसार गुणस्तरीय जीवन र मुलुकको आर्थिक सुधारलाई लक्षित गरी बजेट सार्वजनिक गरेको उनले बताइन्। बजेटमा आयकरमा नयाँ व्यवस्था गरिएको छ।

उच्च वर्गको लागि आयकर बढाइएको छ भने मध्यमलाई न्यून गरिएको छ। वार्षिक पाँच लाखसम्म आम्दानी गर्ने व्यक्तिहरुले आयकर तिर्नु नपर्ने भएको छ।

यस्तै साढे सात लाखसम्म आम्दानी गर्नेलाई १० प्रतिशत, १० लाखदेखि साढे १२ लाखसम्म आम्दानी हुनेलाई २० प्रतिशत र साढे १२ लाखदेखि १५ लाखसम्म वार्षिक आम्दानी हुनेले २५ प्रतिशत आयकर तिुर्नपर्ने व्यवस्था गरिएको छ। 

सरकारको संशोधित अनुमान अनुसार चालु आर्थिक वर्षको खर्च २६.९९ ट्रिलियन भारतीय रूपैँया र सरकारी आय १९.३२ ट्रिलियन रहने छ।

प्रकाशित मिति: : 2020-02-02 20:33:56

प्रतिकृया दिनुहोस्