बिल गेट्सकी छोरी जेनिफरकाे खेलाडीसँग ‘इंगेजमेन्ट’

अमेरिकी धनाढ्य व्यक्ति बिल गेट्सकी छोरी जेनिफर गेट्सले ‘इंगेजमेन्ट’ गरेकी छन्।

माइक्रोसफ्टका संस्थापक गेट्सकी जेठी सन्तान जेनिफर ‘इंगेजमेन्ट’ इजिप्टका घोडसवार खेलाडी नायल नासारसँग ‘इंगेजमेन्ट’ गरेकी हुन्।

सिएनएनका अनुसार जेनिफरलाई नायल नासारले प्रस्ताव राखेका थिए। जेनिफरले नायालसँगको तस्बिर इन्स्टाग्राममा राख्दै लेखेकी छन् ‘बाँकी जीन्दगी तिमीसँगै हाँस्दै, सिक्दै, हुर्किँदै र एकअर्कालाई माया गर्दै बिताउन व्यग्र छु।’

नायल र जेनिफर दुवैले स्ट्यान्फोर्ड विश्वविद्यालय पढेका हुन्। दुवैलाई घोडचढी खेलमा रूचि रहेको बताइन्छ।

नायलले पनि जेनिफरले झैं इन्स्टाग्राममा तस्बिर राख्दै लेखेका छन् ‘म संसारकै भाग्यमानी र खुसी मान्छे हुँ,जुन मैले कल्पना गरेभन्दा धेरै बढी तिमी छौं। तिमीसँग जीवन बिताउने क्षणका लागि म आतुर छु। तिमी बिनाको जीवन म कल्पना पनि गर्न सक्दिनँ। मेरा हरेक दिन सपना जस्तै सुन्दर बनाएकाेमा धन्यवाद।’

प्रकाशित मिति: : 2020-02-01 20:58:27

प्रतिकृया दिनुहोस्