भारतमा निर्भयाको सामूहिक बलात्कार र हत्यामा संलग्नहरुलाई मृत्युदण्ड पुनः रोकिएको छ। पटियाला हाउस कोर्टले जारी गरेको वारेन्ट अनुसार चार जना दोषीहरुलाई जनवरी २२ अर्थात माघ ८ गते नै उनीहरुलाई फाँसी दिनेगरी सजाय सुनाइए पनि फाँसीको दिन फेब्रुअरी १ अर्थात माग १८ गतेका लागि सारिएको थियो।
सन् २०१२ डिसेम्बर १६ तारिखमा रातीको समयमा दिल्लीमा २३ वर्षकी छात्रालाई गुडिरहेको बसमा ६ जनाले सामूहिक बलात्कार गरेका थिए। अदालतले बलात्कार घटनाका दोषी ठहर गरेका अक्षय सिंह, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई माग १८ गते बिहान ६ बजे फाँसी दिने फैसला गरेको थियो।
तर जीवनरक्षाको अपिल गरेकामध्ये विनय शर्माको मुद्दा अदालतमा विचाराधिन रहेकाले तोकिएको मितिमा फाँसी नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अब पटियाला हाउस कोर्टले डेथ वारेन्टीको आदेश नदिएसम्म उनीहरुको मृत्युदण्ड नहुने खबरमा उल्लेख छ।
अदालतले दोषी ठहर गरेकामध्ये मुकेश सिंहले दिएको जीवनरक्षाको अपील राष्ट्रपति रामनाथ कोविन्दले खारेज गरिदिएका थिए। घटनामा संलग्न मुकेशका दाजु राम सिंहले २०१३ मा तिहाड जेलमा आत्महत्या गरिसकेका छन्। दोषी मध्येका एक जनालाई भने घट्नाका बेला वालिग नभएकाले सुधार गृहमा पठाइएको थियो।
सन् २०१५ मा उनलाई सुधारगृहबाट रिहा गरिएको थियो। उनलाई सन् २०१३ अगष्ट महिनामा सुधारगृहमा तीन वर्ष बिताउने सजाय सुनाइएको थियो।
उनी अहिले उनी एउटा सहयोगी संस्थामा आबद्ध छन्। बाहिर राख्दा उनलाई असुरक्षा हुने ठानेर उनलाई संस्थामा राखिएको हो।
याे पनि
निर्भया बलात्कार र हत्यामा संलग्नलाई मृत्युदण्ड दिने मिति सारियो