भारतको केरला राज्यमा पनि भेटियाे कोरोना भाइरसको संक्रमित विद्यार्थी

बिएल संवाददाता

नयाँदिल्ली

भारतको केरला राज्यमा कोरोना भाइरसको संक्रमित विद्यार्थी फेला परेका छन्।  

चीनको वुहान विश्वविद्यालयबाट आएका विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको लक्षण देखिएको भारतीय सञ्चार माध्यमहरूले जनाएकाे छ। भारतमा करिब पाँच सय बिरामीलाई निगरानीमा राखिएको संचार माध्यमहरुले उल्लेख गरेका छन्। 

कोरोना भाइरसले चीनमा १ सय ७० को ज्यान लिइसकेको छ। विश्वभरि कोरोना भाइरसबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या सात हजार सात सय नाघिसकेको छ।

त्यस्तै १२ हजारभन्दा बढीमा सङ्क्रमण देखिएको आशङ्का गरिएको छ। चिकित्सकका अनुसार सङ्क्रमित व्यक्तिमध्ये पाँच जनामध्ये एक जना व्यक्तिमा गम्भीर निमोनियाको लक्षण देखिएको छ।  

कोरोना भाइरस अमेरिका, अस्ट्रेलिया, थाइल्याण्ड, फ्रान्ससँगै विश्वका १६ देशमा फैलिएको संचार माध्यमहरुले जनाएका छन्।

प्रकाशित मिति: : 2020-01-31 05:12:16

प्रतिकृया दिनुहोस्