ए डिभिजन लिग: फ्रेण्ड्ससँग च्यासल पराजित

फ्रेण्ड्स क्लबले शहीद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबलाई पराजित गरेको छ।

दशरथ रंगशालामा बिहीबार भएको खेलमा फ्रेण्ड्स च्यासल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो।   

पहिलो हाफ गोलरहित बने पनि फ्रेण्ड्सले दोस्रो हाफमा गोल गर्यो।

८४औं मिनेटमा उत्तम राईले गोल गर्दै फ्रेण्ड्सलाई जित दिलाए। 

यस सिजनमा तेस्रो जित हात पारेको फ्रेण्ड्स ९ खेलबाट ११ अंक जोड्दै नवौं स्थानमा उक्लेको छ।
 

प्रकाशित मिति: : 2020-01-31 03:43:54

प्रतिकृया दिनुहोस्