पीएसजी फ्रेन्च कपको क्वाटरफाइनलमा

पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

तेस्रो डिभिजन क्लब पाउको मैदानमा बुधबार राति भएको अन्तिम १६ को खेलमा २–० को जित निकाल्दै पीएसजी क्वाटरफाइनलमा पुगेको हो।

पीएसजीको जितमा लिन्ड्रो द्यानीयल पारेडेस र पाब्लो साराबियाले एक एक गोल गरे।

खेलको २५ औं मिनेटमा द्यानीयलको गोलबाट पीएसजीले अग्रता बनाएको थियो।

५३ औं मिनेटमा साराबियाले गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए।
 

प्रकाशित मिति: : 2020-01-30 21:28:39

प्रतिकृया दिनुहोस्