हातमा एकलाख डलरको चेक, छातिमा भिजिट नेपाल

बिएल संवाददाता

बाल्टिमोर, अमेरिका

अमेरिकाको मेरिल्याण्डमा तीन साँढूले एकलाख डलरको स्क्याचअफ लटरी जितेका छन्। तीन दिदीबहिनी विवाह गरेका यी तन भाग्यमानी पर्वत र बाग्लुङ थातथलो भएका डोलेन्द्र पौडेल, दीपक रिजाल र जीवन शर्मा हुन् । 

सात वर्षअघि अमेरिकी सपना बोकेर मेरिल्याण्ड आइपुगेका उनीहरू मेरिल्याण्ड राज्यको ग्लेनबर्नी सहरमा बसोबास गर्दै आएका छन्। सपना, नाता र व्यवसाय सबैमा एक किसिमको नजिकपना भएका उनीहरू यदाकदा स्क्याचअफ गेम पनि सामुहिक रूपमै किनेर खेल्ने गर्थे । 

यस साताको सुरूमा कामबाट फर्कने क्रममा जीवन स्थानीय इजी कन्भिनियन्स एन्ड डेली (EZ Convenience & Deli) मा पसेर जीवनले किनेको  50X The Cash स्क्याचअफ गेममा उनीहरूलाई एकलाख डलरको भाग्योदय लटरी परेको हो ।  

भाग्यले साथ दिएको बेला खिचेको तस्बिरमा उनीहरूले नेपाल देखाउन बिर्सेनन्। लगाएका थिए, भिजिट नेपाल २०२० को टिसर्ट। त्यहाँ देखिएको थियो, वान्स इज नट इनफ।हुन पनि हो, न चिट्ठा एकपटक परेर इनफ हुन्छ, न नेपाल एकपटक घुमेर। जे भए पनि यो मन त नेपाली हो।

सुरूमा त जीवनलाई विश्वास नै भएन। उनले परेको नम्बर तत्कालै चेक गरे तैपनि विश्वास भएन । बाहिर पर्खिरहेका साँढुहरूलाई देखाए र उनीहरूको मोबाइलमा भएको एप्सले स्क्यान गरे। त्यसपछि भने उनीहरूलाई केही विश्वास बढ्यो ।

अर्को दिन उनीहरू मेरिल्याण्ड लटरीको बाल्टिमोरस्थित हेडक्वार्टर पुगे अनि निश्चित भए कि उनीहरू डलरमा लखपति भएकै रहेछन्। लखपति तीन साँढू बाल्टिमोरसँगै टाउसनमा रहेको क्रयाकपट लिकर्स र क्रयाकपट रेष्टुरेन्टका मालिक हुन् । 

डलरमा लखपति भएपछि हातमा एक लाख डलरको डमी पेपर चेक लिएर उनीहरूले फोटो सेसन गरे। भाग्यले साथ दिएको बेला खिचेको तस्बिरमा उनीहरूले नेपाल देखाउन बिर्सेनन्। लगाएका थिए, भिजिट नेपाल २०२० को टिसर्ट । त्यहाँ देखिएको थियो, वान्स इज नट इनफ। 

हुन पनि हो, न चिट्ठा एकपटक परेर इनफ हुन्छ, न नेपाल एकपटक घुमेर। जे भए पनि यो मन त नेपाली हो ।

 

प्रकाशित मिति: : 2020-01-30 13:15:42

प्रतिकृया दिनुहोस्