ए डिभिजन लिग: आर्मी शीर्ष स्थानमा उक्लियाे

बिएल संवाददाता

काठमाडाै‌ं

त्रिभुवन आर्मी कल्ब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। 

एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा जावलाखेल युथ कल्बलाई १–० गोल अन्तरको साँघुरो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको होे। आर्मीको जितमा भरत खवासले निर्णयक गोल गरे।

जितसँगै आर्मीले ९ खेलबाट २० अकं जोडेको छ। उसले दोस्रो स्थानमा रहेको माछिन्द्र कल्बसँगको अंक दूरी २ कायम गरेको छ। 

यस्तै आजै भउको खेलमा सरस्वती युथ क्लबले हिमालयन शेर्पा क्लबमाथि ४–३ को जित हात पारेको थियो। सरस्वतीलाई जित दिलाउन विदेशी खेलाडी काजिम बुसारीले दुई गोल गरे भने विनोद केसी र मनिष थापाले एक एक गोल गरे। शेर्पाका लागि आशिष गुरुङ, विजय शेष्ठ र रवि थापा मगरले गोल गरे।

पहिलो जितपछि सरस्वतीले ९ खेलबाट ४ अंक जोडेको छ। पुछारमा रहेको सरस्वतीको जितले एपीएफ र हिमालयन शेर्पालाई समेत रेलिगेसन जोगाउन दबाब बढेको छ। शेर्पाको ९ खेलबाट ७ र समान खेलबाट एपीएफको ५ अंक छ।

उपाधि होडजस्तै अब रेलिगेसनमा कुन टिम पर्ला भनेर समेत रोमाञ्चकता हुने भएको छ। १४ टिमले प्रतिस्पर्धा गरिरहेको लिगमा यसपटक एक टिम मात्र रेलिगेसनमा पर्नेछ।
 

प्रकाशित मिति: : 2020-01-29 06:07:28

प्रतिकृया दिनुहोस्