हेलिकाेप्टर दुर्घटनामा ‘महान’ अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको निधन

‘महान’ अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको निधन भएको छ।  

हेलिकोप्टर दुर्घटनामा परेर आइतबार ब्रायन्टसँगै उनकी छोरी गियानासहित नौ जनाको ज्यान गएको हो।

४२ वर्षीय कोबी १३ वर्षीया छोरी जियानासँगै अन्य ७ जना साथिभाईसँग निजी हेलिकोप्टरबाट क्यालिफोर्नियाको कालबासासमा यात्रारत रहँदा दुर्घटना भएको अमेरिकी अधिकारीहरुले बताएका छन्।

सन् २०१६ मा सन्यास लिएका ब्रायन्ट इतिहासकै सबैभन्दा महान खेलाडीको रुपमा मानिन्थ्यो। ब्रायन्टले आफ्नो २० वर्षे करियरमा लस एन्जेल्स लाकेर्सबाट खेलेका थिए। उनले लाकेर्सलाई लगातार पाँच पटक एनबीए च्याम्पियन बनाएका थिए। 

सन् २००८ मा सबैभन्दा महान खेलाडी र दुई पटक एनबीए फाइनलमा एमवीपीको पद हासिल गरेका ब्रायन्ट दुई पटक ओलम्पिक च्याम्पियन पनि बनेका थिए। 

ब्रायन्टले सन् २००६ मा टोरन्टो र्‍याप्टर्सविरुद्ध ८१ प्वाइन्ट प्राप्त गरेका थिए। एनबीए इतिहासमै यो कुनै खेलाडीले प्राप्त गरेको दोस्रो सबैभन्दा धेरै स्कोर हो। 

कोबीको निधनपछि अमेरिकी खेल क्षेत्र स्तब्ध भएको छ। एनबीएले विज्ञप्ति जारी गर्दै कोबीको असामयीक निधनले स्तब्ध भएको उल्लेख गरेको छ।

 

प्रकाशित मिति: : 2020-01-27 20:37:43

प्रतिकृया दिनुहोस्