वुहानबाट आफ्नो नागरिक र कुटनीतिज्ञलाई अमेरिकाले फिर्ता लाने

बिएल संवाददाता

काठमाडाै‌ं

अमेरिकाले वुहानबाट आफ्नो नागरिक र कुटनीतिज्ञलाई फिर्ता लाने भएको छ। वुहानमा कोरोनाभाइरसको प्रकोपले विकराल रुप लिएको अवस्थामा अमेरिकाले आफ्नो नागरिकलाई फिर्ता लान लागेको हो। 

चीनमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४१ पुगेको छ। चीनको हुवेई प्रान्तमा १५ जना संक्रमितको पनि मृत्यु भएपछि कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बढेको हो। मृत्यु हुनेमध्ये धेरै ४८ देखि ८९ वर्ष उमेरका व्यक्ति रहेको पनि जनाइएको छ।

शनिबार बिहानसम्म १ हजार २ सय ८७ मानिसलाई कोरोनाको संक्रमण भएको पुष्टी भएको छ।

अमेरिकी सरकारले कोरोनाको सुरुवाती बिन्दु मानिएको चीनको बुहानस्थिति वाणिज्यदूतावासमा रहेका तीन दर्जन कुटनीतिज्ञ र तिनका परिवालाई अमेरिका फिर्ता लान जहाजसँग सम्झौता पनि गरसकेको वाल स्ट्रिट जर्नलले लेखेको छ। त्यसबाहेक वुहानमा रहेको अन्य अमेरिकीलाई पनि जहाजमा सिटको व्यवस्था गरिएको छ।

वाल स्ट्रिट जर्नलका अनुसार अमेरिकी अधिकारी कुन विमान पठाउने भन्ने टुङ्गो लगाएका छैनन्। मुख्यत न्यारो–बडीयुक्त बोइङ ७३७ र वाइड–बडीयुक्त बोइङ ७६७ बीचमा विचार भइरहेको छन्।

वाणिज्यदुतावासमा नाम दर्ता भएर वुहानमा बसोबास गरिरहेका अमेरिकीलाई पनि सम्पर्क गरेर जहाजमा सिट प्रदान गरिदैंछ। वुहानमा हजार अमेरिकी बसोबास गरिरहेका छन् र अहिले तीमध्ये जो फर्कन चाहन्छन् तिनलाई अमेरिका लगिनेछ। जहाजमा कोरोनाभाइरस जाँचको लागि चिकित्सा सेवा पनि उपलब्ध हुनेछ।

वाल स्ट्रिट जर्नलले आफ्नो समाचारका स्रोत व्यक्तिको भनाई उल्लेख गर्दै लेखेको छ ‘धेरै कुरा चिनियाँ अधिकारीले हामीलाई केमा अनुमति दिन्छन् भन्ने कुरामा भर पर्छ। तर बेइजिङ हालसम्म धेरै सहयोगी रहेको छुटाउनु हुँदैन।’

युएस सेन्टर अफ डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले शनिबार अमेरिकी सरकारसँग सहकार्य गरेर वुहानबाट अमेरिकी नागरिकको बहिगर्मनलार्य सघाउन लागेको बताए।

रिपोर्ट अनुसार दक्षिण कोरिया र बेलायतले पनि तिनका कुटनीतिज्ञलाई वुहानबाट बाहिर निकाल्ने प्रयास गरिरहेका छन्।

कोरोनाभाइरसको तुलनामा प्राणघातक सन् २००३ मा फैलिएको सार्सको महामारीको समयमा कुटनीतिज्ञ बहिरगमन नगरिएकोमा अहिले किन भन्ने प्रश्नमा अधिकारीले भने ‘हामीले सार्सबाट पाठ सिक्यौँ।’

कोरोना भाइसरका कारण चीनमा कम्तीमा एक हजार ३०० व्यक्तिले उपचार सेवा लिइरहेको चीनले बताएको छ। यद्यपि यो सङ्ख्या चीनले भनेको भन्दा निकै धेरै हुनसक्ने विश्व स्वास्थ्य संगठन लगायत स्वास्थ्य सेवामा कार्यरत अन्तर्राट्रिय संघसंस्थाले अनुमान गरेका छन्।

चीनमा कोरोना भाइरसको प्रकोप बढिरहेका समय चीनले अति आवश्यक अवस्थामा बाहेक आन्तरिक यात्रामा ननिस्कन शुक्रबारदेखि नै निर्देशन गरेको छ। सरकारले नयाँ वर्षको अवसरमा गरिने ठूला भोज तथा फजुल सामुहिक सभा सम्मेलनका कार्यक्रम नगर्न आग्रह गरिसकेको छ। 

प्रकाशित मिति: : 2020-01-26 23:52:35

प्रतिकृया दिनुहोस्