ऐन प्रमाणीकरण भएपछि प्रदेश प्रहरी बन्छः गृहमन्त्री 

रमेश रावल

सुर्खेत

गृहमन्त्री रामबहादुर थापा(बादल)ले प्रदेश प्रहरी बनाउनका लागि बनाउनका लागि ‘प्रदेश प्रहरी ऐन’ संसदमा पेश भएको र प्रमाणीकरण भएपछि प्रदेश प्रहरी गठन प्रक्रिया अगाडी बढ्ने बताएका छन्। प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन सुर्खेत आएको गृहमन्त्री थापाले ‘प्रदेश प्रहरी ऐन’ संसदमा पेश भएको बताएका हुन्। 

प्रदेश प्रहरी बनाउनका लागि ‘प्रदेश प्रहरी ऐन’ संददमा पेश भएको र प्रमाणीकरण भएपछि प्रदेश प्रहरी गठन हुने बताए। ‘प्रदेश प्रहरी ऐन संददमा पेश भएको छ।’ उनले भने,‘ऐन प्रमाणीकरण भएपछि प्रदेश प्रहरी गठन हुन्छ।’

प्रदेश प्रहरी ऐनका र कानुन प्रदेश सरकारहरुले पनि निर्माण गरिरहेको गृहमन्त्री थापाले बताए। ‘सबै प्रदेशहरुले प्रदेश प्रहरी ऐन र कार्यबिधि बनाइरहेका छन्।’ उनले भने,‘संसदबाट ऐन पास भएर राष्ट्रपतिले प्रमाणीकरण गर्दासाथ लागु हुन्छ।’

विप्लव समूह नियन्त्रणमा आयो
विप्लव समूहका गतिबिधि अहिले नियन्त्रणमा आएको र अब पूर्ण रुपमा निर्मुल पारिने बताए। 
 
विप्लव समूह संबिधान बिरोधी र राज्य बिरोधी शक्ति रहेकोले पूर्ण नियन्त्रण लिइने बताए। ‘कुनै पनि राज्य बिरोधी गतिबिधि गर्नेलाई शक्ति नियन्त्रणमा आएको छ।’ उनले भने,‘अबका पूर्ण रुपमा निर्मुल नै पारिन्छ।’

देश विखण्डन गर्छु भन्ने शक्तिलाई राज्यको मुलप्रवाहीकरणमा ल्याएको र राज्य बिरोधी शक्तिलाई नियन्त्रण गरिएको गृहमन्त्री थापाले बताए। 

विप्लव समूहलाई प्रशानिक माध्यमबाट र बार्ताको माध्यमबाट समस्या समधान गरिने गृहमन्त्री थापाले बताए। ‘हामीले दुबै ढोका खुला राखेर काम गरेका छौं।’ उनले भने,‘अब पूर्ण रुपमा समधान गर्न पहल थालिने छ।’

एमसिसि संसदबाट पारित हुन्छ
मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसि) संददबाट पारित हुने गृहमन्त्री थापाले बताए। ‘एमसिसिलाई अमेरिकाको सिनेट र नेपालको संसदबाट पारित गर्ने सम्झौतामा उल्लेख भएको छ।’ उनले भने,‘संसदमा गएर सम्झौता पारित हुन्छ।’

एमसिसिका केही बाझिएका बुँदाहरु संशोधन  हुने र त्यसैका आधारमा संसदबाट पारित हुने गृहमन्त्री थापाले बताए। ‘एमसिसिमा उल्लेख भएका केही बुँदा बाझिएका छन्।’ उनले भने,‘केही बुँदा संशोधन भएर संसदबाट पारित हुन्छ।’

एमसिसि सम्झौता कांग्रेसको सरकारको पालामा भएको अहिलेको सरकारले त्यस सम्झौतालाई निरन्तरता दिएको गृहमन्त्री थापाले बताए।

प्रकाशित मिति: : 2020-01-25 23:38:28

प्रतिकृया दिनुहोस्