निर्माणाधीन गौतमबुद्ध रंगशाला ‘चितवन प्रिमियर लिग टी–२०’ क्रिकेट हुने

बिएल संवाददाता

काठमाडाै‌ं

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमा ‘चितवन प्रिमियर लिग टी–२०’ क्रिकेट प्रतियोगिता हुने भएको छ।

निर्माणाधीन क्रिकेट रंगशालाको प्रचारप्रसार तथा प्रर्बधन गर्ने उद्धेश्यले नारायणगढको क्याम्पाचौरमा पहिलोपटक चितवन प्रिमियर लिग गर्न लागिएको हो।

इभेन्ट्सका प्रबन्ध निर्देशक राजु चौधरीले चितवनको क्रिकेट विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको बताए।

उनले चितवनमै क्रिकेट रंगशाला बनिरहेको अवस्थामा यस प्रतियोगिताले चितवनको क्रिकेट विकासलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरे।

उनले चितवनकै ठूलो क्रिकेट प्रतियोगिता रहेको भन्दै यसले यहाँका खेलाडीहरुलाई एक्सपोजरको राम्रो मौका दिने बताए।

नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्सको आयोजना र चितवन क्रिकेट संघको सह-आयोजनामा हुने प्रतियोगिता माघ १७ गतेदेखि २५ गतेसम्म चल्ने छ।

प्रतियोगितामा चितवनका पाँच वटा टिमको सहभागिता रहेको छ। जसमा भरतपुर गुर्खाज, माडी टाइगर्स, इच्छाकामना वारियर्स, सौराहा स्याण्ड्स र राप्ती र्‍यापिड्स रहेका छन्।

प्रतियोगितामा सहभागी टिमहरुले दुई जना राष्ट्रिय खेलाडी ९अन्डर १९० अनिवार्य र तीन जना स्थानीय खेलाडी अनिवार्य राख्नुपर्नेछ। प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ, ट्रफी, मेडल र उपविजेताले एक लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछन्।

यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई म्यान अफ दि सिरिज, बेस्ट बलर, बेस्ट व्याट्सम्यान, बेस्ट अलराउण्डरको अवार्ड प्रदान गरिने छ।

यस्तै, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ दि म्याचको ट्रफी प्रदान गरिने छ। प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।
 

प्रकाशित मिति: : 2020-01-25 06:16:07

प्रतिकृया दिनुहोस्