ए डिभिजन लिग: मनाङ र सरस्वती तथा च्यासल र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा हुँदै

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार दुई खेल हुँदैछ।

पहिलो खेलमा मनाङ र सरस्वती तथा दोस्रो खेलमा च्यासल र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

मनाङ ७ खेलमा १३ अंक सहित तालिकाको चौथो स्थानमा छ। सरस्वती १ अंक सहित तालिकाको पुछारमा रहेको छ।

कारबाहिका कारण दुई खेल प्रतिबन्धमा परेका रन्जन बिष्ट मैदान फर्कदै गर्दा मनाङले तालिकाको पुछारमा रहेको सरस्वती युथ क्लबसंग प्रतिस्पर्धा गर्दैछ।

मछिन्द्र र मनाङबीचको खेल बराबरीमा सकिए लगत्तै खेलाडी हातपातमा उत्रिएका थिए। एन्फाले विवादमा संलग्न भएको भन्दै रन्जन सहित मनाङका तीन खेलाडीलाई प्रतिबन्ध लगाएको थियो।

गोलरक्षक अशोक बराल ६, मिडफिल्डर जगजित श्रेष्ठ ५ र रन्जन बिष्ट २ खेलको प्रतिबन्धमा परेका थिए।


लिगमा ७ खेलमा ३ मा जित, ४ मा बराबरी खेलेको मनाङ १३ अंक सहित तालिकाको चौथो स्थानमा छ।

यता, सरस्वती पनि मनाङविरुद्ध कम्तिमा अंक खोस्न चाहन्छ। रेलिगेशन जोनमा रहेको सरस्वती बाकी ६ खेलमा नतिजा ल्याउदै रेलिगेशनबाट बच्न चाहन्छ।
यता च्यासलले शुक्रबार ब्रिगेड ब्वाईज क्लब (बिबिसी)संग खेल्दैछ। दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्तोष साहुखलले पनि घरेलु लिग फुटबलमा ९९ गोल गरेका थिए। तर च्यासलको लय बिस्तारे गुम्न पुग्यो। एकपछि अर्को खराब नतिजाले च्यासल अब रेलिगेशन नजिकको क्षेत्रमा आईपुगेको छ।

च्यासल ६ अंक सहित बाह्रौ स्थानमा छ। 

यस्तै ब्रिगेड ८ अंक सहित तालिकाको नवौं स्थानमा रहेको छ।

शुक्रबारको खेलमा जित निकाल्दै ब्रिगेड आठौं स्थानमा उक्लने दाउमा हुनेछ।

यता ब्रिगेडविरुद्ध जित निकाल्दै च्यासल नवौं स्थानमा उक्लन चाहन्छ।

प्रकाशित मिति: : 2020-01-24 19:52:47

प्रतिकृया दिनुहोस्