नेपाल सिधै विश्वकपको ग्लोबल छनोटमा

सन् २०२१ को आईसीसी टी २० विश्वकप क्रिकेटको लागि नेपालले सिधै ग्लोबल छनोट खेल्ने भएको छ। 

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले विश्वकपका लागि बिहिबार निकालेको रोडम्याप अनुसार भारतमा आयोजना हुने विश्वकप क्रिकेटको लागि नेपालले सिधै ग्लोबल छनोट खेल्ने मौका पाएको हो।

आईसीसीको जनवरी १ मा सार्वजनिक भएको टी २०वरियताका आधारमा नेपाल सिधै ग्लोबल छनोटका लागि छनोट भएको हो। नेपालसँगै जिम्बाबे, हङकङ र युएईले पनि सिधै ग्लोबल छनोटमा स्थान बनाएको छ।

ग्लोबल छनोटमा १६ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन्। नेपालसँगै जिम्बाबे, हङकङ र युएईले क्षेत्रिय छनोट र सन् २०२० को विश्वकप खेल्ने टिमका पुछारका ४ राष्ट्र सम्मिलित १२ राष्ट्रसंग विश्वकपमा स्थान बनाउनका लागि खेल्ने छन्। ग्लोबल छनोटबाट उत्कृष्ट चार टिमले विश्वकपमा सहभागिता जनाउन पाउने छन्।
 

प्रकाशित मिति: : 2020-01-24 10:09:56

प्रतिकृया दिनुहोस्