तेस्रो एकदिवसीय मैत्रीपूर्ण खेलमा क्यान–११ विजयी

बिएल संवाददाता

काठमाडाै‌ं

तेस्रो एकदिवसीय मैत्रीपूर्ण खेलमा क्यान–११ विजयी भएको छ। 

पोखरा रंगशालामा बिहिबार भएको खेलमा  मलेसिया–११ लाई ५ विकेटले पराजित गर्दै क्यान–११ विजयी भएको हो।  मलेसियाले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको क्यान–११ ले २३ ओभर ५ बलमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

क्यान–११ को जितमा रोहित कुमार पौडेलले अर्धशतकीय इनिङ्स खेले। ४ छक्का र ८ चौका प्रहार गरेका उनले ८१ रन बनाए। यस्तै दिपेन्द्र सिंह ऐरीले २८ रन जोड्दा लोकेश बमले २६ रन बनाए।

मलेसियाका विजय उनिले २ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले ४३ ओभरमा ४ बलमा सबै विकेट गुमाएर मात्र १ सय ५७ रन बनाएको थियो। उसका भुसन सेभले सर्वाधिक ३० रन बनाए।

यस्तै सेभेन्द्र मोगनले २८, यता शर्भिन मुनियाण्डिले २२, मोहमद अरिफले १७, शेद अजिजले १५  रन बनाए। 

मलेसियालाई सस्तैमा समेट्न क्यानका अविनास बोहराले ३ विकेट लिए। यस्तै ललित राजबंशी र कुशल मल्लले समान २र२ विकेट हात पार्दा किशोर महतो र कमल सिंह ऐरीले समान १/१ विकेट लिए।

यसअघि सोमबार भएको पहिलो मैत्रीपूर्ण खेलमा क्यान-११ ले १ सय ३४ रनको जित निकालेको थियो। दोस्रो खेलमा क्यान-११ले १ सय ७० रनको फराकिलो जित हात पारेको थियो।

प्रकाशित मिति: : 2020-01-24 04:00:18

प्रतिकृया दिनुहोस्