ए डिभिजन लिग: शेर्पालाई हराउँदै थ्री स्टार तेस्रो स्थानमा

बिएल संवाददाता

काठमाडाै‌ं

 थ्री स्टार क्लब शहीद स्मारक ए डिभिजन लिगमा तेस्रो स्थानमा उक्लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै थ्री स्टार लिगको शीर्ष तीनमा उक्लिएको हो।

थ्रीस्टारलाई जित दिलाउन सुशील राई, सञ्जोग राई र वासियु हजमतले १र१ गोल गरे। हिमालयन शेर्पाका लागि विदेशी खेलाडी स्टेफेन समिर देउबनीले एक गोल गरे।

खेलको छैटौं मिनेटमै सुशीलले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए। पहिलो हाफको ईन्जुरी टाइमको दोस्रो मिनेटमा शेर्पाका स्टेफन समीर देउबेनीले गोल गर्दै खेल बराबरीमा गरे।

तर त्यो खुशी लामो समय टिकेन। त्यसको एक मिनेटपछि नै सञ्जोगले गोल गर्दै थ्री स्टारलाई २–१ को अग्रता दिलाए।

हाजमतले ५० औं मिनेटमा गोल गर्दै थ्री स्टारलाई ३–१ को जित दिलाए।

प्रकाशित मिति: : 2020-01-24 03:51:11

प्रतिकृया दिनुहोस्