रियाल मड्रिड कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा

स्पेनिस कल्ब रियाल  मड्रिड कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा पुगेको। 

रियालले बुधबार राति भएको खेलमा तेस्रो डिभिजनको युनियनीस्टेस डि सालामान्कालाई ३–१ ले पराजित गर्दै अन्तिम १६  मा पुगेको हो।

रियालको जितमा ग्यारेथ वेल र ब्राहिम डियाजले गोल गरे भने एक गोल उपहार पाएको थियो। सालामान्काका अल्भरो रोमेरोले गरेको गोल सान्त्वना बन्यो।

खेलका १८औं मिनेटमा वेलले गोल गर्दै रियाललाई खेलमा अग्रता दिलाए। मार्सेलोको क्रसलाई सालामान्काका डिफेन्डर गोन्गोराले राम्रोसँग क्लियर गर्न नसकेको बललाई वेलले गोल गरेका थिए। पहिलो हाफ १ गाेल भएको खेलमा दोस्रो हाफमा थप चार गोल भएको थियो।

५७औं मिनेटमा सालामान्काले बराबरी गोल फर्काए। अल्भेरो रोमेरोले बराबरी गोल गरेका थिए। ६२औं मिनेटमा जुवान गन्गोराले आत्मघाती गोल गरेपछि रियालले २–१ को अग्रता बनाएको थियो।

 इन्जुरीमा क्यासमिरोको पासमा डियाजले गोल गर्दै रियाललाई ३–१ को जित दिलाए।

प्रकाशित मिति: : 2020-01-23 19:58:20

प्रतिकृया दिनुहोस्