अमेरिकी सिनेटमा महाअभियोग बहस : के होला ट्रम्पको भविष्य?

अमेरिकाको इतिहासमा आज तेस्रो पटक यस्तो दिन आएको छ। जहाँ राष्ट्रपतिमाथि महाअभियोग लगाइएको छ र माथिल्लो सदन सिनेट त्यसमाथि छलफल गरिरहेको छ। महाअभियोगको इतिहास बनाउने तेस्रो राष्ट्रपति भएका छन्- डोनल्ड जे. ट्रम्प ।

अमेरिकाको इतिहासमा २१ वर्षअघि दोस्रोपटक यस्तै दिन आएको थियो। फरक थियो त महाअभियोग लगाइएका पात्र र उनको दल। त्यतिबेला डेमोक्रेटिक दलका बिल क्लिन्टन राष्ट्रपति थिए। त्यसअघि रिपब्लिकन राष्ट्रपति जोनसनविरूद्ध सन् १८६८ मा महाअभियोग लगाइएको थियो । ती दुबै प्रस्तावहरू अस्वीकृत भएका थिए ।

अमेरिकी इतिहासकार भनिरहेका छन्, यो महाअभियोग मूलत: दुई कुरामा फरक छ। पहिलो, राष्ट्रपतिको दल सिनेटमा पूर्ण बहुमतमा छ । र, सत्तापक्षकै मेजरोटी लिडरले यो ट्रायल चलाइरहेका छन्। दोस्रो, राष्ट्रपतिले ट्रायललाई पूर्ण असहयोग गर्दै स्टोनवाल बनेका छन्। 

फेरि एकपटक अमेरिकामा त्यो इतिहास दोहोरिएको छ र संसारले यो ऐेतिहासिक परिघटना हेर्ने मौका पाएको छ।धेरैलाई परिणामका बारेमा अनुमान छ, ट्रम्पविरूद्ध महाअभियोग पारित हुने अंकगिणत सिनेटमा छैन । तैपनि संसार व्यग्रताका साथ प्रक्रिया हेरिरहेको छ। सबैको एउटै चासो छ, कसरी बढ्छ ट्रायल? 

अमेरिकी इतिहासकार भनिरहेका छन्, यो महाअभियोग मूलत: दुई कुरामा फरक छ। पहिलो, राष्ट्रपतिको दल सिनेटमा पूर्ण बहुमतमा छ । र, सत्तापक्षकै मेजरोटी लिडरले यो ट्रायल चलाइरहेका छन्। दोस्रो, राष्ट्रपतिले ट्रायललाई पूर्ण असहयोग गर्दै स्टोनवाल बनेका छन्। 

यी दुई मानेमा फरक रहेको यो ट्रायलका हरेक मिनेट महत्वपूर्ण हुने विश्लेषकहरू बताइरहेका छन्। 

यससँगै अर्को आयामबाट पनि प्रश्न उठेको छ, त्यो हो सिनेटको पल्ला भारी। अमेरिकी कंग्रेस तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स र माथिलो सदन सिनेट मिलेर बने पनि सिनेटको निर्णय नै मान्य हुने भएपछि तल्लो सदनको भूमिकाको बारेमा प्रश्न उठेको हो।

 

 

प्रकाशित मिति: : 2020-01-22 12:22:14

प्रतिकृया दिनुहोस्