बहुमत अमेरिकी भन्छन्, 'ट्रम्पलाई महाअभियोग लगाउ', ट्रम्प भन्छन् 'फेक पोल'

ट्रम्पको विपक्षमा ५१ प्रतिशत, पक्षमा ४५ प्रतिशत

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकी जनमत राष्ट्रपति ट्रम्पको विपक्षमा देखिएको छ ।

अमेरिकी टेलिभिजन सीएनएनले एसएसआरएसमार्फत् गराएको पछिल्लो जनमत सर्भेक्षणमा यस्तो परिणाम देखिएको हो। 

जनमत सर्भेक्षणमा ५१ प्रतिशत अमेरिकीले राष्ट्रपति ट्रम्पलाई सिनेटबाट महाअभियोग लगाएर हटाउनुपर्ने मत राखेको जनाएका छन्। तर, ४५ प्रतिशत अमेरिकी जनता अझै पनि राष्ट्रपति ट्रम्पको पक्षमा देखिएका छन्। उनीहरूले महाअभियोग लगाएर हटाउन नहुने पक्षमा आफ्नो मत दिएका छन्। 

सीएनएन-एसएसआरएस मत सर्भेक्षण राष्ट्रपति ट्रम्पविरूद्धको महाअभियोग प्रस्ताव सिनेटमा दर्ता गरिएपछि गरिएको पछिल्लो मत सर्भेक्षण हो। 

मत सर्भेक्षणको परिणामले नीलो निर्वाचन क्षेत्रका राता सिनेटरहरूको मत प्रभावित गराउने अनुमान गरिएको छ। खासगरी सन् २०२० मा पुन निर्वाचित हुन चाहने राता सिनेटरका लागि यो एक खतरानक संकेत हुन सक्छ। 

यसैबीच राष्ट्रपति ट्रम्पले फेक मिडिया भन्दै आएको सीएनएनले गराएको यस जनमत संग्रहको परिणामलाई राष्ट्रपति ट्रम्पले ठाडै अस्वीकार गरेका छन्। उनले अमेरिकी जनता आफ्नो पक्षमा रहेको बताउँदै यो सबै फेक पोल भनेका छन्। 

प्रकाशित मिति: : 2020-01-21 22:20:54

प्रतिकृया दिनुहोस्