आर्मीकाे विजयी सुरुवात

बिएल संवाददाता

काठमाडाै‌ं
फाइल तस्बिर

साविक विजेता त्रिभुवन आर्मी क्लबले पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार आरजी ग्रुपलाई ३–० को सेटमा पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो ।

आर्मीले आरजी ग्रुपलाई २५-९, २५-१६ र २५-९ ले पराजित गर्यो।

जितसँगै आर्मीले पहिलो खेलमा २ अंक जोडेको छ। आर्मीले क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । 

महिलातर्फ आज न्यू डायमण्ड क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: : 2020-01-17 18:08:02

प्रतिकृया दिनुहोस्