अफ्रिकाविरुद्धको तेस्रो टेष्टको पहिलो इनिङ्समा इंग्ल्यान्डले २ सय २४ रन बनायाे

घरेलु टोली दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्टको पहिलो इनिङ्समा इंग्ल्यान्डले ४ विकेट गुमाएर २ सय २४ रन बनाएको छ।

बिहिबार पोर्ट एलिजावेथमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो दिनको खेल सकिदा २ सय २४ रन बनाएको हो।

इंग्ल्यान्डका ओली पोपे ३९ रनमा अविजित रहे। यता बेन स्टोक्स ३८ रनमा अविजित रहेका छन्।

इंग्ल्यान्डका जाक क्रली ४४ रनमा आउट हुँदा डोम सिब्ले ३६ रनमा आउट भए। कप्तान जोय रुटले २७ रन जोड्दा जोए डेन्लीले २५ रन बनाए।

दक्षिण अफ्रिकाका कागीसो राबडाले २ विकेट लिए।

विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गतको चार खेलको टेष्ट सिरिज १–१ को बराबरीमा रहेको छ।

प्रकाशित मिति: : 2020-01-17 05:21:19

प्रतिकृया दिनुहोस्