मेक्सिकोको कारागारमा भएको झडपबारे अनुसन्धान जारी

मेक्सिकोको कारागारमा यस्ता झडपहरु समय समयमा हुने गर्दछन्।

बिएल संवाददाता

मेक्सिको सिटी
तस्बिर : एजेन्सी

मेक्सिकोको उत्तरी क्षेत्रमा कैदीबीच भएको झडपबारे अनुसन्धान जारी रहेको बताइएको छ। एक हप्ताअघि जाकातेकास क्षेत्रमा कैदीबीच भएको झडपमा परि कम्तीमा १६ कैदीको मृत्यु भएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए। 

उक्त झडपका कारण धरै कैदीको ज्यान गएकोले यसबारे गृह प्रशासनले अनुसन्धान थालेको र केही दिनमै यसको कारण स्पष्ट गरिने स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

 सो घटना प्रदेश राजधानी जाकातेकासदेखि १३ किलोमिटर टाढा पर्ने सिएनेगुइल्लासमा घटेको अधिकारीले जनाएका थिए। प्रारम्भिक अनुसन्धान प्रतिवेदनअनुसार मेक्सिकोको कारागारमा यस्ता झडपहरु समय समयमा हुने गर्दछन्। प्राय यस्तो झडप लागूऔषधका कारोबारीमा संलग्न कैदीबन्दीहरु बीच हुने गर्दछ। 

प्रकाशित मिति: : 2020-01-13 22:00:54

प्रतिकृया दिनुहोस्