अमेरिकामा भारी हिमपात र आँधी, ८ जनाले गुमाए ज्यान

अमेरिकाको दक्षिणपूर्व र मध्यपश्चिमको जनजीवन हिउँआधी र तुफानले कष्टप्रद बनाएको छ।

शनिबार मात्र विभिन्न राज्यमा आठजनाको ज्यान गएको अमेरिकी मूलधारका प्रमुख सञ्चार माध्यमहरूले जनाएका छन्। 

समाचार संस्था एपीका अनुसार अलाबा र लुजियानामा तीन तीनजनाको ज्यान गएको छ भने टेक्सासमा दुईजनाको ज्यान गएको छ। 

अमेरिकाको यो क्षेत्रका सात राज्य मौसमी प्रतिकुलताको चपेटामा परेका छन्। दुई करोड अमेरिकीको घरमा विद्युतसेवा अवरूद्ध भएको छ।

मध्यपश्चिमको क्यान्सास, मिजौरीलगायतका राज्यमा हिउँ तुफान आउने बताइएको छ। 

मौसम प्रतिकुलताका कारण सयौ हवाइ उडानहरू रद्द गरिएका छन्। 

नेशनल वेदर सर्भिसका अनुसार हिउँपात र आँधी दक्षिणपूर्वतिर सरिरहेको बताएको छ । 

अमेरिकाका विभिन्न राज्यका राज्य सरकार र स्थानीय सरकारले सर्वसाधारणलाई चनाखो हुन सूचना जारी गरेका छन् । 

 

 

प्रकाशित मिति: : 2020-01-12 16:00:20

प्रतिकृया दिनुहोस्