माघ १ गते प्रदेश २ मा सार्वजनिक बिदा

प्रदेश २ सरकारले आगामी माघ १ गते सार्वजनिक बिदा दिएको छ। माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ।

बिहीबार बसेको प्रदेश मन्त्री परिषद्को बैठकले माघे संक्रान्तिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री कार्यालयका उपसचिव टिकामणी न्यौपानेले जानकारी दिए।

माघ १ गते बुधबार प्रदेशका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था लगायत शिक्षण संस्थाहरुमा समेत सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-01-11 09:51:43

प्रतिकृया दिनुहोस्