अष्ट्रेलियामा आगलागी: आमा घाइते, शल्यक्रियाको क्रममा बच्चा टाँसियो

अस्ट्रेलियामा गत सेप्टेम्बरदेखि लागेको भीषण डँढेलोका कारण करिब ५० लाख जनावरकाे निधन भयाे। लाखाैंको संख्यामा रहेका जनावर मध्ये आगाेले प्रभावित अन्यकाे उद्दार गरेर उपचार भइरहेकाे छ। यही क्रममा सामाजिक सञ्जालमा एउटा तस्बिर निकै भाइरल भइरहेको छ।

यो तस्बिरमा कोआला( जनावर)ले उपचारको समयमा पनि आफ्नी आमालाई किन छोड्दैन भनेर। वास्तवमा यो बच्चाकाे आमाप्रतिकाे प्रेम हाे। अस्ट्रेलियाका जीव वैज्ञानिकले आमा कोआला ( जनावर)को नाम लिज्जी र बच्चाको नाम फेन्टम राख्ने गरेका छन्। 

आमा र बच्चा बीचकाे वात्सल्यता 

बच्चाका लागि आमाको प्रेम सबैभन्दा ठूलो हुन्छ। यही दृश्य अष्ट्रेलियाको जंगलमा लागेकाे डँढेलाेमा देखिएकाे दुर्भाग्यपूर्ण तस्बिर हाे। दुई साताअघि अस्ट्रेलियामा आगलागीबाट जोगिन फेन्टमकी आमा लिज्जी सडकबाट भाग्दै थिइन। यही क्रममा लिज्जी घाइते भइन्। 

घटना लगत्तै दुबैलाई अष्ट्रेलिया चिडियाखाना वन्यजीव अस्पताल पुर्याएकाे थियाे। अस्पताल अस्ट्रेलियाका ख्यातिप्राप्त जीव वैज्ञानिक स्टीभ इर्विनले बनाएका हुन्।


यही अस्पतालमा एउटा गज्जवको घटना भयाे। आमाको शल्यक्रिया भइरहँदा फेन्टमले आमालाई छाड्न मानेकाे थिएन। उनी शल्यक्रियाको क्रममा आफ्नी आमा लिज्जीसँग टाँसिएर बसिरहेँ। उनले  आमालाई छोडेनन्। पहिले डाक्टरले शल्यक्रियाको क्रममा फेन्टमलाई हटाउने कोशिस गरेका थिए। तर टसका मस नभएकी फेन्टमसँग डाक्टरहरूको पनि केही लागेन्।

डाक्टरहरूले लिज्जीलाई फोक्सोमा संक्रमण र अनुहारमा चोटपटक लागेको बताएका छन्। 'हामीले उसको शल्यक्रिया गर्नुपर्‍यो। तर, लिज्जीले फेन्टमलाई आगोबाट जोगाइन्। त्यसैले फेन्टम सुरक्षित छन्। उनलाई कतै चोट लागेको छैन,' उपचारमा संलग्न डाक्टरहरू भन्छन्।

डाक्टरले लिज्जीको सफल अपरेशन गरेका छन्। अपरेशन अवधिभरी डक्टरहरूले फैन्टमलाई आमासँग बस्ने अनुमति दिए। लिज्जीको शरीरको घाउँ बिस्तारै पुरिदैँछ।

एक बच्चाले जब यति धेरै माया आमालाई गर्छे, आमाकाे राेग कसरी ठिक नहुँदाे हाे? 

 

प्रकाशित मिति: : 2020-01-08 02:08:07

प्रतिकृया दिनुहोस्