बैंककमा भ्रमण वर्ष २०२० को प्रचारप्रसार

नेपाल भ्रमण वर्ष २०२०को प्रचारप्रसार गर्ने उदेश्यले नेपाली राजदूतावासले बैंककमा 'वकथोन फर भिजिट इयर नेपाल २०२०' पदयात्राकाे आयोजना गरेको छ। 

गैरआवासीय नेपाली संघ, थाईल्याण्ड र थाई–नेपाली संघको सहयोगमा बैंककको एमबिके सेन्टरबाट सुरु भएको पदयात्रा सेन्ट्रल वोल्ड हुँदै बैयोक्य स्काई टावर पुगेर समापन भएको थियो।  

पदयात्रामा थाई सरकारी पदाधिकारी,गैरआवासीय नेपाली संघका पदाधिकारीहरु, थाई–नेपाली संघका पदाधिकारीहरु र विभिन्न विधविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरु, विभिन्न देशका नागरिकहरु तथा राजदूतवास परिवारका सदस्यहरु गरि करिब २५० जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा थाईल्याण्डका लागि नेपाली राजदूत गणेशप्रसाद ढकालले राजदूतावासद्वारा आगामी दिनमा अन्य सहरहरुमा पनि भ्रमण वर्षको प्रचारप्रसार गरिने बताए। 
 

प्रकाशित मिति: : 2020-01-07 06:30:49

प्रतिकृया दिनुहोस्