शनिबार, १२ जुलाई २०२५

अम्बानीले अब जियो मार्टमार्फत् बेच्नेछन् सामान

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
2020-01-03 21:03:53
News Image
• • •

मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिज अब इ–कमर्सको क्षेत्रमा उत्रिएको छ। अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिजले जियोमार्ट नामबाट नयाँ सेवा सुरु गरेको छ जसले घरमा चहिने अत्यावश्यक सामानको डेलिभरी गर्नेछ।

यो सेवा रिलायन्स इन्डष्ट्रिजका दुई सहयोगी कम्पनी रिलायन्स रिटेल र रिलायन्स जियोले संयुक्त रुपमा चलाउनेछ।

जियोमार्टले आफूसँग लगभग ५० हजार सामान भएको र ती सामान आफ्ना ग्राहकलाई ‘निःशुल्क र द्रुत गतीमा’ डेलिभरी गर्ने बताएको छ।

यसका लागि उसले आफ्नो प्रतिस्पर्धी अमेजन र फ्लिपकार्टजस्ता कम्पनीभन्दा अलग व्यवस्था गरेको छ। रिलायन्सले आफैंले सामान डेलिभरी गर्नुको साटो ग्राहकलाई एक एपमार्फत् लोकल स्टोर्ससँग जोड्नेछ र ती स्टोरले सामान ग्राहकसम्म पुर्याइदिन्छन्।
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?