आज यस्ताे छ मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले शुक्रबार पुस १८ मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९० पैसा र बिक्रीदर ११४ रुपैयाँ ५० पैसा रहेको छ।  

यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ५० पैसा र बिक्रीदर १२८ रुपैयाँ १७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ २९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०८ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैसा रहेको छ। यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८७ पैसा र बिक्रीदर २८ रुपैयाँ ०१ पैसा रहेको छ।  

प्रकाशित मिति: : 2020-01-03 20:51:00

प्रतिकृया दिनुहोस्