हङकङतिर बढ्यो चिनिया सेना : दुबै पक्षलाई शान्त रहन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

हङकङमा तनाव : वासिङटनमा शिरदर्द । ब्रेक एन लिंक्स ग्राफिक्स

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङकङको स्थितिलाई सम्बोधन गर्दै दुवै पक्षलाई शान्त रहन आग्रह गरेका छन् । चीनको सेना हङकङ नजिकै सेन्जेन सहरमा पुगेको तस्बिर सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार ट्विट गर्दै यस्तो आग्रह थरेका हुन् । उनले ट्विटमा भनेका छन्,“हामीलाई खुफिया जानकारी मिलेअनुसार चीन सरकार हङकङको सीमा आसपास सेना तैनाथ गरिरहेको छ । सबै शान्त र सुरक्षित रहन आबश्यक छ ।”

हङकङमा विगत सात सातादेखि जारी रहेको तनाव विमानस्थलमा पुगेको छ । प्रदर्शनकारी हवाइ सेवा नै ठप्प पार्ने भन्दै विमानस्थलमा अड्डा जमाएर बसेका छन् भने प्रहरी उनीहरूलाई जसरी भए पनि हटाउन चाहिरहेको छ । यही क्रममा त्यहाँ झडपसमेत भएको थियो । 

यो पनि हेर्नुहोस् 

कतारीलाई नेपाली कामदारको सौगात, चालकरहित मेट्रो उपहार

यसैबीच हङकङकी प्रमुख प्रशासक केरी लेमले हङकङलाई गहिरो अन्तहीन खाडलमा नपुर्याउन सरकार विरोधी प्रदर्शनकारीलाई चेतावनी दिएकी छिन् । उनले पत्रकार सम्मेलन गर्दै हङकङ खतरनाक अवस्थामा पुगेको समेत बताएकी छिन् ।

सरकारबाट प्रस्तावित सुपुर्दगी सम्बन्धी विधेयकलाई लिएर सुरू भएको आन्दोलन विधेयक फिर्ता, प्रमुख पशासक लेमको राजीनामा हुदै पक्राउ गरिएकालाई रिहालगायतका मागसम्म पुगेको छ । 

उता चिनियाँ अधिकारीहरूले भने प्रदर्शनलाई आतंकवाद भन्दै त्यसलाई टुलुटुलु हेरेर नबस्ने बताएका छन् । 


प्रकाशित मिति: : 2019-08-14 17:40:47

प्रतिकृया दिनुहोस्