बाल अधिकारका विषयलाई राष्ट्रिय गौरवको योजनामा सूचीकृत गर्न प्रयास भइरहेको छ: महिलामन्त्री

बालबालिकाका अधिकारलाई सुनिश्चित हुनेगरी बालमैत्री राष्ट्रिय कार्ययोजना बनाई कार्यान्वयन गर्न माग गरिएको छ।  

सोमबार काठमाडौंमा आयोजना गरिएको बालबालिकाको क्षेत्रमा कार्यरत सस्था सिविन नेपालद्वारा ‘बालबालिकासम्बन्धी राष्ट्रिय कार्ययोजना निर्माणको आवश्यकता’ विषयक आयोजित अन्तक्र्रियामा सहभागीहरुले दिगो विकासका लक्ष्य पूरा गर्न,  बालबालिकालाई सिर्जनशील र सुसंस्कृत बनाउन कार्ययोजना आवश्यक रहेको धारणा राखेका हुन्।  

कार्यक्रममा  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारले बालबालिकाको अधिकारका विषयलाई राष्ट्रिय गौरवको योजनामा सूचीकृत गर्न प्रयास भइरहेको बताए। उनले फरक फरक भूगोल र वर्गभएका बालबालिकाको  समस्यालाई  एउटै नियमले सम्बोधन गर्न नसकिने उल्लेख गर्दै  कार्ययोजना बनाउँदा सम्बन्धित प्रदेश र स्थानीय तहसँग समन्वय गर्नुपर्ने बताए। 

सिविन नेपालका प्रमुख कार्यकारी अधिकृत सुम्निामा तुलाधरले बालबालिकासम्बन्धी राष्ट्रिय कार्ययोजना निर्माणका क्रममा रहेकाले सरोकार पक्षको सुझाव सङ्कलन गर्न कार्यक्रम गरिएको जानकारी दिए।  

प्रकाशित मिति: : 2019-12-31 05:01:44

प्रतिकृया दिनुहोस्