परराष्ट्रमन्त्रीले भने— एमसीसीबारे सरकारले जे भन्दै आएको छ त्यही हो, संसदबाटै पास हुन्छ

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पास हुने बताएका छन्।

‘एमसीसीबारे सरकारले जे भन्दै आएको छ त्यही हो’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘यो पास हुन्छ, सरकार प्रस्ट छ। ’

तर अमेरिकी अधिकारीले त एमसीसी, इण्डो प्यासिफिककै अंग भएको बताएका छन् नि भन्ने प्रश्नमा उनले नेपालले हस्ताक्षर गर्दा के थियो भनेर हेर्नुपर्ने बताए।

उनले एमसीसीबारे सकारात्मक बहस गर्न र कार्यक्रमले कस्तो प्रभाव पर्छ भनेर हेरिदिन आग्रह गरे।

एमसीसी इण्डो प्यासिफिक रणनीतिको अंग भए नभएको विषयलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा चर्को बहस भएको थियो। यसबारे सरकारले अमेरिकासँग बुझ्ने र सचिवालयले निर्णय गर्ने सहमतिका साथ बैठक सकिएको छ।  

प्रकाशित मिति: : 2019-12-31 04:10:58

प्रतिकृया दिनुहोस्