भारतमा चिसोले २ दिनको अवधिमा ९० भन्दा बढीको ज्यान लियाे

चिसोका कारण भारतका तीन राज्यमा २ दिनको अवधिमा ९० भन्दा बढीको ज्यान गएको छ।

भारतका तीन राज्य उत्तर प्रदेशमा ५०, बिहारमा ३६ र झारखण्डमा ६ जनाको ज्यान गएको हो।

उत्तर–पश्चिम बग्ने हावाका कारण नयाँ दिल्ली, पञ्जाब, हरियाणा, उत्तरी मध्य प्रदेश, उत्तरी राजस्थान, उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल, असामलगायत क्षोत्रमा शुक्रबारसम्म हल्का वर्ष हुने बताइएको छ। बर्षाका कारण अवागमनसमेत प्रभावित हुने खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूलले जनाएका छन्।

यता उत्तर प्रदेश, हरियाणा, पञ्जाब, राजस्थानमा लगायतमा आगामी बिहीबारदेखि हिउँ पर्न थाल्ने अनुमान गरिएको छ।
 

प्रकाशित मिति: : 2019-12-31 00:47:58

प्रतिकृया दिनुहोस्