विश्वविद्यालयहरु राजनीतिक गर्ने थलो होइन्ः शिक्षामन्त्री

शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयहरु राजनीतिक गर्ने थलो नभएको बताएका छन्।

आइतबार काठमाडौंमा नेपाल प्राध्यापक संघको कार्यकाल हस्तान्तरण कार्यक्रममा उनले राजनीतिक आस्थाका आधारमा नभई अब प्राध्यापकहरुको परिचय दक्षताको आधारमा हुने बताए।

मन्त्री पोखरेलले नेपाललाई शैक्षिक हबको रुपमा विकास गराउने गरी शिक्षा नीति बनेको भन्दै खोज र अनुसन्धानमूलक शिक्षामा जोड दिनुपर्ने धारणा राखे।

मन्त्री पोखरेलले उच्च शिक्षा, प्राविधिक शिक्षासमेत जोडेर तीन विधेयक पास हुने तयारीमा रहेको जानकारी बताए। उनले विश्वबिद्यालय सुधारका लागि सरकार प्रतिवद्ध भएर अघि बढ्ने जिकिर गरे।

कार्यक्रममा गत कार्तिक ३० गते भएको प्राध्यापक संघको निर्वाचनमा निर्वाचित समूहलाई पदभार ग्रहण गराइएको थियो भने प्रमाणपत्र प्रदान गरिएको थियो।  

प्रकाशित मिति: : 2019-12-30 04:53:41

प्रतिकृया दिनुहोस्