काठमाडौंकाे तापक्रम शून्य दशमलव ६ डिग्री

काठमाडौंमा शनिबार बिहानको तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ। शनिबार मापन गरिएको तामक्रम यो वर्षकै सबैभन्दा कम तापक्रम हो।

यसअघि बुधबार काठमाडौं उपत्यकाको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस रहेको थियो भने बिहीबार बिहान काठमाडौंको तापक्रम १ डिग्री सेल्सियसमा झरेको थयो। यस्तै शुक्रबार १ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ। 

सामान्यतया पुस महिना मध्य चिसोको समय रहेकाले यो महिना तापक्रम घटेर देशभरी नै चिसो हुने मौसमविद्ले बताएका छन्।  

अहिले तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने अरु ठाउँको मौसम सामान्यतया सफा नै रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। तराईका जिल्लामा दिउँसोपछि मात्रै हुस्सु कुहिरो हट्ने गर्दा जनजीवन प्रभावित भएको छ। शनिबार देशभरीकै मौसम सफा हुने मौसमविद्ले बताएका छन्।  
 

प्रकाशित मिति: : 2019-12-28 20:18:25

प्रतिकृया दिनुहोस्