कृषकलाई ऋण माफी दिने महाराष्ट्रका मुख्यमन्त्रीकाे आश्वासन

महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले कृषकलाई ऋण माफी दिने आश्वासन दिएका छन्। महाराष्ट्र राज्यमा चिनी उद्योग विशेषज्ञहरूको समिति गठन गर्ने घोषणा समेत उनले गरेका छन्। 

शिवसेनाले नेतृत्व गरेको गठबन्धन सरकारले औपचारिक रूपमा कृषकलाई ऋण माफी केही दिनमै स्वीकृत गर्ने उनले बताए। मुख्यमन्त्री ठाकरे महाराष्ट्र पुणेमा रहेको वसन्तदादा चीनी संस्थानको कार्यक्रममा पुगेर मराठवाडा क्षेत्रमा अनुसन्धान संस्थानको शाखा खोल्ने समेत बताए।

'हामीले किसानहरुलाई तत्काल राहत दिनका लागि दुई लाख रुपैयाँ (प्रति किसान)सम्म ऋण माफी गरेका छौं। हामी यो पनि सुनिश्चित गर्नेछौं कि उनीहरूको सम्पूर्ण ऋण माफ गछौं।' ठाकरेले भने।

मंगलबार बसेको महाराष्ट्र राज्य मन्त्रिपरिषद्को बैठकले कृषक ऋण माफी योजनालाई अनुमोदन गरिसकेको छ।
 

प्रकाशित मिति: : 2019-12-28 06:40:00

प्रतिकृया दिनुहोस्