लालुको घरमा भाडभैलो, सम्धिले पुलिसमा हाले राबडीविरूद्ध उजुरी

राबडी पनि बिहारको पूर्व मुख्यमन्त्री हुन्। चन्द्रिकाले राबडी तथा उनको सुरक्षाकर्मी विरूद्ध उजुरी हालेका हुन्।

बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दल (राजद) का प्रमुख लालुप्रसाद यादव र उनको छोरा तेजप्रताप तथा बुहारी ऐश्वर्या बीचको विवाद प्रहरीसमक्ष पुगेको छ। 

शुक्रबार ऐश्वर्याका बुवा चन्द्रिका रायले पटनाको शास्त्रीनगर चौकीमा आफ्नो सम्धिनी राबडी देवीविरूद्ध उजुरी दर्ता गराएका छन्। 

राबडी पनि बिहारको पूर्व मुख्यमन्त्री हुन्। चन्द्रिकाले राबडी तथा उनको सुरक्षाकर्मी विरूद्ध उजुरी हालेका हुन्।  

प्रहरीमा दर्ता गरिएको उजुरीमा भनिएको छ, ‘ऐश्वर्याको मोबाइल, पासपोर्ट र बाँकीको कागजपत्र राबडीको घरमा छ। उपलब्ध गराइदिनु होला।’ 

लामो समयदेखि लालु यादवको घरमा देखिएको आपसी कलहका कारण छोरा र बुहारीले घर छोडेर गएका थिए। राबडीले छोरा–बुहारी घर छोडेर गएपछि आवश्यक सामानको ठाउँमा फोहोर पठाइदिएको आरोप उनको हो।  

‘मेरो छोरी र ज्वाइँलाई पत्तो पनि दिइएको थिएन। एक्कासी सुरक्षाकर्मी आएर जबरदस्ती सामान अनलोड गर्न थाले,’ चन्द्रिकाले भने। 

आफ्नो घरमा दुई गाडी सामान पठाइएको पनि उनले बताए। तर, बिस्फोटक सामाग्री पनि हुने डरले दुई वटै पिकअप भ्यानलाई घर बाहिरै राखिएको उनको भनाई थियो। 

लालुकी छोरी तथा सांसद मिसा भारतीले भने सस्तो लोकप्रियताका लागि आफ्नो घर बदनाम गर्न लागेको आरोप लगाइन्। उनले भनिन्, ‘चन्द्रिका रायको परिवार हाम्रो घरको बदनाम गर्ने अभियानमा जुटेको छ।’
 

प्रकाशित मिति: : 2019-12-28 04:08:31

प्रतिकृया दिनुहोस्