आफूलाई सभामुख बनाउने भए मात्रै राजीनामा दिने तुम्वाहाम्फेको अडान कायमै

सत्तारुढ नेकपामा सभामुख चयनको बिषयमा नेकपाभित्रको विवाद मिल्न नसक्दा शुक्रबार बोलाइएको  संसद बैठक स्थगित भएको छ। शुक्रबार  दिउँसो एक बजेका लागि बोलाइएको बैठक आगामी पुष १६ गते दिउँसो एक बजेसम्मका लागि स्थगित भएको हो।  

शुक्रबारको बैठकमा सभामुख चयनको प्रक्रिया सुरु हुने कार्यतालिका थियो। तर सत्तारुढ नेकपाले सभामुख कसलाई बनाउने भन्ने टुंगो लगाउन नसकेका कारण सूचना टाँस गरेर संसद बैठक स्थगित भएको हो।  

सभामुखका लागि नेकपाभीत्र पूर्व एमाले र पूर्व माओवादी खेमाले दाबी प्रस्तुत गरेका छन्। तर उपसभामुख शिवमाया तुम्वाहाम्फेले आफूलाई सभामुख बनाउने भए मात्रै राजीनामा दिने अडान लिएपछि सहमति जुट्न सकेको छैन।

प्रकाशित मिति: : 2019-12-28 02:22:28

प्रतिकृया दिनुहोस्